सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी माविको खेल मैदानमा बृहत् योग शिविर हुने

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक १७, १२:५९ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपलिका वडा नम्बर ८ स्थित धनगढी माध्यमिक विद्यालयको खेल मैदानमा बृहत् योग विज्ञान शिविर हुने भएको छ। कात्तिक १८ देखि २२ गतेसम्म बृहत् योग विज्ञान शिविर आयोजना गरिने पतञ्जलि योग समितिले जनाएको छ।

पाँच दिनसम्म चल्ने योग शिविरमा पतञ्जलि योग समितिका नेपाल प्रभारी योग गुरु लवदेव मिश्रले प्रशिक्षण दिनेछन्। धनगढी  माध्यमिक विद्यालयको खेल मैदानमा योग शिविर चलाउन सम्पूर्ण तयारी पूरा भएको शिविरको व्यवस्थापन गरिरहेको पतञ्जलि योग केन्द्र सेतोपुलकि अध्यक्ष सावित्री केसीले बताइन्। उनले योग शिविरमा पाँछ हजार जनालाई सहभागी गराउने लक्ष्य रहेको बताएकी छिन्। पाँच दिनसम्म चल्ने योग शिविरमा सहभागी हुन अध्यक्ष केसीले धनगढी नगरवासीमा आग्रह  गरेकी छिन्।

कमेन्ट लोड गर्नुस