सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक भारतीय नागरिक पक्राउ

२०८० कार्तिक १७, ०८:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक भारतीय नागरिक पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका-१ नेपाल भारतको सिमा क्षेत्रमा रहेको बयल बन्द नजिकबाट चम्पावत पोष्ट अफिस बनबास भारत घर भएको ३८ वर्षीय दिपक जोशी पक्राउ परेका हुन्।

भन्सार छली राखिएका मेड इन चाइना लेखेको १०० वटा पेटी लाईटर र ओखर ६० के.जी.गरि अन्दाजी छ लाख चौहत्तर हजार बराबरको सामानसहित बिहीवार राति जोशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस