कञ्चनपुरमा डेढ लाख बढीको भन्सार छलीको सामान जफत
कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले बुधवार जिल्लाका विभिन्न ठाउँबाट डेढ लाख बढीको भन्सार छलीको सामान जफत गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र १८ बाट भन्सार छलीको अन्दाजी १ लाख ५२ हजार ३ सय मुल्य बराबरको सामान जफत गरेको हो।
बरामद गरेका जुत्ता, लेडिज सुट, चीनी लगाएतका सामान नियन्त्रणमा लिएर कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश डाँगीले बताए।