सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा डेढ लाख बढीको भन्सार छलीको सामान जफत

२०८० कार्तिक १६, ०७:५८ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा प्रहरीले बुधवार जिल्लाका विभिन्न ठाउँबाट डेढ लाख बढीको भन्सार छलीको सामान जफत गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र १८ बाट भन्सार छलीको अन्दाजी १ लाख ५२ हजार ३ सय मुल्य बराबरको सामान जफत गरेको हो।

बरामद गरेका जुत्ता, लेडिज सुट, चीनी लगाएतका सामान नियन्त्रणमा लिएर कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको सुचना अधिकारी  प्रहरी नायव निरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस