सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको चियापानमा देउवा, प्रचण्ड देखि रवि लामिछाने सम्म सहभागी

२०८० कार्तिक १५, ०५:११ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेले दसैँ, तिहार र छठ पर्वका अवसरमा बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ता सहभागी भएका छन्।

कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल तथा नेतृ रामकुमारी झाँक्री लगायत सहभागी थिए।Open photoOpen photo

कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरु समेत सहभागी भए। चियापान कार्यक्रममा आएका पाहुनालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए।
 

कमेन्ट लोड गर्नुस