सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुखडबाट सात जुवाडे पक्राउ

२०८० कार्तिक १५, ०९:५९ खबर संवाददाता

धनगढीः कैलालीको सुखडबाट सात जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सुखडका अनुसार ५८ हजार रकमसहित ७ जुवाडेलाई नियन्त्रणमा लिएको हो।

घोडाघोडी नगरपालिका–१ सुखडका ३४ वर्षीय विकास पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसहित ७ जनालाई मङ्गलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ४ सय ७० रुपैयाँ र ७ गड्डी ताससहित पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस