सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीद्धारा विष्णु पौडेलको बचाऊ

२०७६ वैशाख १७, ०३:३८

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्। नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन्। पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘राजाको शासनका बेला उनले जमिन किन्नु भएको रहेछ।’

पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको उनको दाबी। पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन? जालझेलभित्र पर्छ कि पर्दैन? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने बताएका छन्। साभार - उज्यालोअनलाइन
 

कमेन्ट लोड गर्नुस