सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभद्र व्यवहार मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ

२०८३ वैशाख १७, ०७:१४ खबर संवाददाता

दार्चुलाः अभद्र व्यवहार मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत दार्चुलाको मिति २०८२ मंसिर ८ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने सम्बन्धी मुद्दामा ७ महिना १३ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुलाको महाकाली नगरपालिका–४ बस्ने ३० वर्षीय उपेन्द्रराम लुहार पक्राउ परेका हुन्। लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधवार खलंगा बजारवाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस