सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट दुई लाखबढीका सामान बरामद

२०८० कार्तिक १४, ०९:४० खबर संवाददाता

कैलालीः कैलाली र कञ्चनपुरबाट दुई लाखबढीका अबैध सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोड नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३९ हजार २ सय ८० मूल्य बराबरको चिनी, पानीपुरी, मिठाई, लेडिज सुट, साडी लगायतका सामान, जोशीपुर गाउँपालिका-१ जोशीपुर बजार र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अन्दाजी २१ हजार मूल्य बराबरको नरिवल, सुर्ती, मसला, बिडी लगायतका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७८ हजार ४ सय ४० मूल्य बराबरको चिनी, दाल, तेल, प्लाष्टिक, सुर्ती लगायतका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको कञ्चनपुर प्रहरीले बताएको छ। उक्त सामानहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस