सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा दुई घरमा आगलागी, १० लाख बढीको क्षति

२०८० कार्तिक १३, ०९:४६ खबर संवाददाता

बाजुराः बाजुरामा दुई घरमा आगलागी भएको छ। जिल्लाको बडिमालीका नगरपालिका–८ राप्काका भरत रावल र विर रावलको घरमा सोमवार दिउँसो आगलागी भएको हो।

आगलागीबाट दुबैजनाको घरमा रहेका सामान जलेर अन्दाजी १० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो। आगलागी बाट मानवीय तथा चौपायको क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन भने बाकि छ।
 

कमेन्ट लोड गर्नुस