सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट १० किलो तौल भएको अजिङ्गरको उद्धार

२०८० कार्तिक १२, ०२:३७ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट अजिङ्गरको उद्धार गरिएको छ। डल्फिन क्षेत्रबाट घाइते अजिङ्गरको आइतबार उद्धार गरिएको हो।

टीकापुर नगरपालिका–७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गरको उद्धार गरिएको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। अजिङ्गरको टाउकोमा चोट लागेको छ। स्थानीय संरक्षणकर्मी क्षेत्रराज रेग्मी, कुस्माकर न्यौपाने लगायतकाले अजिङ्गरको उद्धार गरेका हुन्।

घाइते अजिङ्गर धान काटेको खेतमा फेला परेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहेका संरक्षणकर्मी ढुङ्गानाले बताए। डेढ मिटर लामो र १० किलो तौलको रहेको अजिङ्गरको पशु प्राविधिक एवं संरक्षणकर्मी प्राङ्कुश चौधरीले उपचार गरेका छन्। उपचारपछि अजिङ्गरलाई सत्ती कर्णाली सामुदायिक वनमा छोडिएको छ।

कमेन्ट लोड गर्नुस