सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

२०८० कार्तिक ११, ०८:४७ खबर संवाददाता

काठमाडौंः  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा गएका छन्। चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्षको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली चीन भ्रमणमा गएको हो। प्रधानन्यायाधीशको टोलीले कार्तिक १५ देखि १७ गतेसम्म चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाको औपचारिक भ्रमण गर्नेछ।

त्यसक्रममा सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्ष तथा अदालतका उच्च अधिकारीसँग औपचारिक भेट गर्नुका साथै कानुन र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरुमा छलफल गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए।

त्यसअघि नेपाली भ्रमण टोलीले सिञ्ज्याङ प्रदेशमा चाइना ल सोसाइटीले कार्तिक १२ देखि १४ सम्म आयोजना गर्ने सेन्ट्रल एसिया एण्ड साउथ एसिया लिगल फोरमको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रधानन्यायाधीश श्रेष्ठको टोली १७ कार्तिकमा स्वदेश फर्किने कार्यक्रम छ।
 

कमेन्ट लोड गर्नुस