सुदूरपश्चिमका क्रिस लिन र जोस ब्राउन एनपीएलको प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए
सुदूरपश्चिम रोयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जोस ब्राउनले एनपीएलको प्लेअफ नखेल्ने भएका छन्।
उनीहरू दुवै अष्ट्रेलिया फर्किएको रोयल्सले जनाएको छ। रोयल्सको छैटौं म्याचमा चितवनविरूद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए। उनले बिराटनगर विरूद्ध समूह चरणको अन्तिम म्याच खेल्न सकेनन्।
चोटकै कारण उनी प्लेअफबाट बाहिरिएको रोयल्सले जनाएको छ। जोस ब्राउन भने बिग ब्यासका लागि गएको हुन्। यी दुवै ब्याटरको अनुपस्थितिले सुदूरपश्चिमको टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएको छ।