सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक ११ गते चन्द्रग्रहण लाग्ने

२०८० कार्तिक ९, ०९:५१ खबर संवाददाता

काठमाडौँः आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले बताए। राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने छ।

यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ। चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद प्रा. डा. रामचन्द्र गौतमले बताए। गत वर्ष कार्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। 
 

कमेन्ट लोड गर्नुस