सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी घटक दलहरू एक हुनुपर्छः प्रधानमन्त्री दाहाल

२०८० कार्तिक ९, ०४:४८ खबर संवाददाता

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द)का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान माओवादी घटक दलहरू बीचको एकताको अभियान पनि रहेको बताएका छन्। रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूका बीच एकता आवश्यक रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘हामी ठूलो पार्टीको रूपमा उदाएका थियौँ। विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ। हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनता सामु गरेका थियौँ। त्यो प्रतिवद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो। शान्ति प्रक्रियापछि उहाँहरूलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो।’ केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनले बताए।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरे। उनले भने, ‘हामीले निकै बलियो सरकार बनाएका छौँ। सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको आरोप छ।
 

कमेन्ट लोड गर्नुस