सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित पाँच जना पक्राउ

२०८० कार्तिक ९, ०९:४१ खबर संवाददाता

धनगढीः धनगढीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट ७ सय २० मिलिग्राम लागूऔषधसहित धनगढी-७ मनेहराका २१ वर्षीय नरेश राना र धनगढी-१७ पथरियाका १९ वर्षीय हितेश राना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुबैजनालाई पक्राउ गरेको बताएको छ। यस्तै धनगढी उपमहानगरपालिका-२ जुगेडाबाट ३ सय ९० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २८ वर्षीय राकेश भट्टसहित तीन जना पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको हो। कैलाली प्रहरीका अनुसार पाँचै जनालाई बुधवार साँझ पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस