सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति भण्डारीबाट चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो

२०७६ वैशाख १७, ०७:४३

राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ। यही अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको बताइएको छ। आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र यो नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गरे।

चिनियाँ राष्ट्रपति सीले अन्तर्रा्ष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेकोे उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताए। यो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको थियो। रासस
 

कमेन्ट लोड गर्नुस