सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु

२०८० कार्तिक ८, ०८:४१ खबर संवाददाता

अछामः  अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु भएको छ। गाडीमा चालकसहित १२ जना सवार रहेका थिए। अन्य ११ जना भने सकुशल रहेका छन्। जीप चालक फरार रहेका छन्। दुर्घटनाबारे खबर पाएसंगैं प्रहरी घटनास्थलमा परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस