बैतडीको डिलाशैनी गाउँपालिकाको ब्याक लोडरमा तोडफोड

बैतडीः बैतडीको डिलाशैनी गाउँपालिकाको ब्याक लोडर तोडफोड भएको छ। सोहि गाउँपालिकाको वडा नम्बर–६ को कार्यालय अगाडी राखिएको बा.प्र.०१–००४क १२१६ नम्बरको ब्याक लोडरमा गयराति अज्ञात व्यक्तिले तोडफोड गरेको हो।
ब्याक लोडरको चारैतिरको सिसाहरु फुटाएको र म्यूजीक सिस्टम समेत गायव गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए। तोडफोडमा संकास्पद तीन जनालाई सोधपुछ गरेको बैतडी प्रहरीले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
