सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

२०८० कार्तिक ७, ०४:२६ खबर संवाददाता

बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-५ ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मंगलबार मृत भेट्टिएका हुन्। चन्द  पाटन– मेलौली सडकखण्डको पाटन नगरपालिका-५ कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेट्टिएका हुन्। 

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। चन्दको भीरबाट लडेर मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

कमेन्ट लोड गर्नुस