सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

२०७६ वैशाख १७, ०७:२१ खबर संवाददाता

पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा भएको छ। गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा जन्ती बोकेको जीप दुर्घटना भएको हो। गाउँपालिकाकै वडा नम्बर ४ मित्यालको भीरपानीबाट जन्ती लिएर वडा ७ ज्यामिरेको हुवास फर्केको लु १ ज १९४१ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ५ जनाको घटना स्थलमै ज्यान गएको छ।

ज्यान जानेमा चालक बुद्धिबल सोती, निस्दी–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लाल बहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। जीपमा ६ जना सवार रहेको र एकजना सकुशल रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस