सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा गाई भैँसीलाई सुत्केरी भत्ता

२०७६ वैशाख १७, ०७:१९

डडेल्धुराको अजयमेरु गाउँपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्न थालेको छ। गाउँपालिकाले आईतबारदेखि सुत्केरी भत्ता वितरण गर्न थालेको हो। गाँउपालिकाले गाई भैँसीलाई सुत्केरी आहारा भत्ता कार्यक्रम अन्तरगत आईतबार वडा नम्बर २ का पशु पालक किसान शेर बहादुर ऐरलाई भत्ता वितरण गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज पौडेलले  ऐरलाई गाई भैंसी आहारा भत्ता वापतको दुई हजार पाँच सयको चेक हस्तान्तरण गरेका छन्। गाउँपालिकाले पशु बिमा गरेका किसानहरुलाई गाई भैँसी सुत्केरी आहारा भत्ता दिईने जनाएको छ।   

कमेन्ट लोड गर्नुस