सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरद्धारा स्वर्गीय काले तिरूवाको परिवारलाई दाह संस्कार खर्च

२०८० कार्तिक ६, ०९:२४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाद्धारा स्वर्गीय काले तिरूवाको परिवारलाई दाह संस्कार खर्च उपलब्ध गराइएको छ।

आर्थिक अवस्था बिपन्न भएका धनगढी उपमहानगरपालिका वडा नम्बर–७ आशानगरका स्वर्गीय काले तिरूवाको परिवारलाई आइतवार दाह संस्कार खर्च दिइएको हो। धनगढी उपमहानगरपालिकामा जानकारी गराएपछि नगर प्रहरी घरमै पुगेर ५ हजार रुपैयाँ हस्तान्तरण  गरिएको उपमहानगरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस