सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल एक महिना सम्म बन्द नगर्न साझा विवेकशिलको माग

२०७६ वैशाख १६, ०५:२८ खबर संवाददाता

साझा विवेकशिल पार्टी सुदूरपश्चिमले धनगढी विमानस्थल एक महिना सम्म बन्द नगर्न माग गरेको छ। साझा विवेकशिल पार्टी सुदूरपश्चिमले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सुचारु अवस्थामै विमानस्थल मर्मत गर्न माग गरेको छ। साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालद्धारा हस्ताक्षरित विज्ञप्तीमा सुदूरपश्चिमबासीको जनजीविकासंग जोडिएको विमानस्थल मर्मत सम्भारका लागि एक महिना बन्द गर्ने भन्ने सूचनाका आधारमा प्रकाशित भएका समाचार प्रती ध्यानाकर्षण भएको जनाउदै विकल्प खोज्न माग गरिएको छ।

सुदूरपश्चिमबाट राजधानी सहित देशका विभिन्न स्थान जोड्ने उड्यन सेवा अवरुद्ध हुदा अत्यावश्यक सहितका अन्य सेवा प्रभावित भएर विरामी, अशक्त तथा आम नागरिकमा समेत प्रत्यक्ष प्रभाव पार्ने हुँदा विकल्प खोज्न आग्रह गरिएको छ। सबैभन्दा बढि जहाज अवतरण हुने त्रिभुवन विमानस्थल मर्मत हुदा समेत रात्री समयमा निर्माण कार्य कार्य चलिरहेका बेला सोही विकल्प धनगढीमा पनि लागु गर्न माग गरिएको छ।

रातिको समयमा मर्मत र दिउँसो हवाई उडानको व्यवस्था गर्न धनगढी उपमहानगरपलिका, गोदावरी नगरपालिका सहित सबै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारको ध्यानाकर्षण गराईएको छ। 
 

कमेन्ट लोड गर्नुस