सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका अबैध सामान बरामद

२०८० कार्तिक ४, ११:४६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अबैध सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ वाणिज्य बैंकनजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार मूल्य बराबरको लेडिज सुट, कुर्ती लगायतका सामान, धनगढी उपमहानगरपालिका-३ पुरानो भन्साररोड नजिकबाट अन्दाजी २४ हजार ८ सय ९५मूल्य बराबरको चिनी, ललिपप, सोडा, चप्पल, प्लाष्टिक झिल्ली लगायतका सामान र भजनी नगरपालिका-३ जोडी पिपलबाट अन्दाजी ३४ हजार मूल्य बराबरको चिनी, पटका लगायतका सामान गरि जम्मा अन्दाजी ७६ हजार ८ सय ९५ मूल्य बराबरको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थानबाट सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका-४ बजार र भीमदत्त नगरपालिका-६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ७९ हजार ९  सय ६१ मूल्य बराबरको चिनी, कपडा, भाडाबर्तन, बिजुलीका सामान, भीमदत्त नगरपालिका १७ बाँसखेडाबाट अन्दाजी ८ हजार मूल्य बराबरको चिनी र बेलौरी बेलौरी नगरपालिका-१ भुपु सैनिक टोल नजिकबाट अन्दाजी २६ हजार ६ सय ९६ मूल्य बराबरको बिभिन्न प्रकारको सेन्ट, स्किन क्रिम लगायतका सामान गरि जम्मा अन्दाजी ४ लाख १४ हजार ६ सय ५७ मूल्य बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस