सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीद्वारा कंचनपुर नेत्रहीन संघलाई डेढलाख बराबरको सेतो छडी वितरण

२०८० कार्तिक ३, ०९:३० खबर संवाददाता

कञ्चनपुरः  सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीद्वारा कंचनपुरमा रहेको नेत्रहीन संघलाई शुक्रवार सेतो छडी वितरण गरिएको छ। सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका एरिया म्यानेजर गङ्गाराम जोशी र महेन्द्रनगर शाखा प्रमुख धनेश्वरी भट्टुले कंचनपुर नेत्रहीन संघका अध्यक्ष प्रेमबहादुर बोहरा तथा कार्यसमितिका पदाधिकारीलाई संयुक्त रुपमा छडी हस्तान्तरण गरेका हुन्।No description available.

एक लाख ५० हजार बराबरको सेतो छडी (दृस्ठिबिहिन ब्यक्तिले प्रयोग गर्ने लौरो) वितरण गरेको सिटिजन लाईफ इन्स्योरेन्सका म्यानेजर गंगाराम जोशीले बताए। नेत्रहीन संघका अध्यक्ष बोहराले छडी सहयोग गरेकोमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीलाई धनयवाद दिए।No description available.

कमेन्ट लोड गर्नुस