सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघको तदर्थ समितिमा सदस्य मनोनित

२०८० कार्तिक २, ०८:३६ खबर संवाददाता

धनगढीः  नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ कैलालीको तदर्श जिल्ला कार्य समितिको पहिलो चरणमा सदस्य मनोनयन गरिएको छ। नेपाल किसान महासंघको विधान २००८ को दफा २१ को (४) अनुसार प्रकाशबहादुर थापाको अध्यक्षतामा जिल्ला तदर्थ कार्य समिति सदस्य पदमा २० जनालाई मनोनयन गरिएको हो।

मनोनयन गरेका सदस्यहरुमा सगतराम चौधरी, रमेश कुमार भाट, गुणाकर ओझा, डबल खडायत, भुवन पाण्डेय, रामबाबु राना, उद्धव शाही, राम नारायण महत्तो, मिलन बहादुर राई, प्रसापति देवी महत्ता, खोजराम चौधरी छन्। यस्तै अर्जुन कुमार चौधरी, पूर्णराज गिरी, पठान सिंह भुल, राजकुमार कठरिया, पहल देउवा, रतन विष्ट, अन्नत खडका, जन्जिर चौधरी र उमा खत्री कार्यसमितिमा मनोनित भएका छन्।
 

कमेन्ट लोड गर्नुस