सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८० कार्तिक १, ०७:४३ खबर संवाददाता

धनगढीः धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट १ ग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय रोहित तामाङ मंगलवार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बतएको छ। 
 

कमेन्ट लोड गर्नुस