सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादी मोर्चा बनेको देखेर कतिपय पार्टीको सातो गयोः माधव नेपाल

२०८० असोज २९, ०९:०७ खबर संवाददाता

धनगढीः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कैलालीको धनगढी पुगेर समाजवादी मोर्चा तयार गर्दा केही पार्टीको सातो गएको टिप्पणी गरेका छन्। समाजवादी मोर्चाको सन्देश सभामा अध्यक्ष नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरङ्ग सृजना भएको र अन्य पार्टीको सातो गएको टिप्पणी गरेका हुन्।

उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पारे। ‘हामी चार दल बनेर समाजवादी मोर्चा बनाएका छौँ, कतिपय पार्टीको सातो गएको छ’ उनले भने ‘सातो जानु पर्दैन सातो आए हुन्छ।’ समाजवादी मोर्चाको सन्देश सभा कैलालीको धनगढीबाट टुङ्गिँदै छ।

यस अघि अन्य ६ प्रदेशमा यो सभा भइसकेको छ। अध्यक्ष नेपालले पहिलो चरणमा सन्देश सभा सम्पन्न भएपनि यस पछि जिल्लास्तर सम्म यस्तो अभियान सुरु गर्ने जनाए। देशमा रोजगारी नभएर विदेश जानेहरूको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै सरकार यो विषयमा गम्भीर बन्नु पर्नेमा नेपालको जोड थियो। 
 

कमेन्ट लोड गर्नुस