सुदूरपश्चिमका पहाडी जिल्लामा बिहानै भूकम्पको धक्का

धनगढी: बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा सोमवार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।
दार्चुलापारि भारतको वतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर सोमवार बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए। पछिल्लो समयमा पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम बढेको छ। पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएका कारण जोखिम रहेको भुगर्भविद्ले बताउँदै आएका छन्।
