सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प पीडितहरुको अवस्था बुझ्न विप्लव बझाङमा

२०८० असोज २७, ०८:१३ खबर संवाददाता

बझाङः   नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) बैतडी पुगेका छन्। भूकम्प पीडितहरुको अवस्था बुझ्नका लागि बझाङ जाने क्रममा शनिवार विप्लवले बैतडीको खोड्पेमा पार्टीका नेता कार्यकर्ताहरुसंग छलफल गरेको नेपाल कम्युनिष्ट पार्टीका बैतडीका सेक्रेटरी श्याम भट्टले बताए।

भट्टले भने ‘महासचिवज्यू बझाङ जानका लागि आउनु भएको हो। खोड्पेमा समान्य भेटघाट तथा छलफल भएको छ।’ यही असोज २९ गते समाजवादी मोर्चाको धनगढीमा हुने सभामा सहभागीका लागि समेत विप्लव सुदूरपश्चिम आएको बुझिएको छ। उनी बझाङपछि सिधै धनगढी जाने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस