सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंका बिस्फोट : आत्मघाती हमलाका मुख्य अभियुक्तका बुवा र भाइको पनि मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख १६, ११:५३ खबर संवाददाता

श्रीलंकामा भएको आत्मघाती हमलाका मुख्य अभियुक्त जहरान हाशिमका बुवा र भाइ सुरक्षा कारवाहीमा मारिएका छन्। सुरक्षा कारवाहीमा हाशिमको आमाको पनि ज्यान गएको त्याहाँको प्रहरीले जनाएको छ। गएको शुक्रबार शंकास्पद स्थानमा प्रहरीले छापामारी गर्ने क्रममा भएको मुटमेटमा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ। मुटभेटका क्रममा मुख्य अभियुक्त हाशिमका बुवा र भाइले आफैले बोकेको बम बिस्फोट गराउँदा उनीहरुको ज्यान गएको पनि प्रहरीले जनाएको छ।

मुख्य अभियुक्त हाशिमको भने गएको आइतबार कोलम्बोको एक होटलमा भएको आत्मघाती हमलामा मृत्यु भइसकेको छ। उनी इस्लामिक समूह नेशनल तौहीद जमात (एनटीजे) को नेता थिए। घटनापछि सरकारले अहिले यो संगठनलाई प्रतिबन्ध लगाइसकेको छ। 

त्याहाँको प्रहरीले कट्टनकुडीको पूर्वी इलाकामा रहेको यो समूहको मुख्यालयमा छापामारी गर्ने क्रममा उनका बुवा र भाइको ज्यान गएको हो। छापामारी गर्न पुगेको प्रहरीमाथि उनीहरुले हमला गरेका थिए।

त्यही क्रममा मुख्यालयमा रहेका तीन जनाले आफैले बोकेको बम बिस्फोट गराएको र त्यसका कारण १५ जनाको ज्यान गएको पनि प्रहरीले जनाएको छ। जसमा छ जना बच्चा र तीन जना महिला परेका थिए। गएको आइतबार देशका विभिन्न ठाउँमा भएको आत्मघाती हमलामा झण्डै २ सय ५० जनाले ज्यान गुमाएका थिए।
 

कमेन्ट लोड गर्नुस