सुदूर नेपाललाई विश्वसँग जोड्दै

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छः माधव नेपाल

२०८० असोज २५, ०९:४३ खबर संवाददाता

धनगढीः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन्। समाजवादी जागरण अभियानका लागि बिहीवार कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको बताए।

‘धरान, सर्लाही, नेपालगञ्जलगायतका ठाउँहरूमा भइरहेका साम्प्रदायिक घटनाले देशको सामाजिक सद्भावलाई भड्काउने केही कोसिस भइरहेको छ। त्यस्ता प्रयत्नहरुलाई हामीले असफल पार्नुपर्छ,’ उनले भने। उनले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्वहरु लागिरहेको बताए।

‘संविधान जारी भएको ८ वर्षमात्रै भयो। केही कमी कमजोरीहरू छन्, यसको अर्थ संविधान गलत छैन,’ अध्यक्ष नेपालले भने, ‘संविधान, गणतन्त्र, संघीयतामाथि आक्रमण भइरहेको छ, यस्ता कुरामा सरकार सचेत रहोस्।’ संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उनले बताए।
 

कमेन्ट लोड गर्नुस