सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप छनोटमा नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

२०८० असोज २५, ०९:१९ खबर संवाददाता

काठमाडौँः  विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन्। त्रिपुरेश्वरस्थित दथरथ रङगशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन्।

खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो। खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए। उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए। सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे।

खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए। उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन्। पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो। जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ। यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ।
 

कमेन्ट लोड गर्नुस