सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १३ बुँदे घोषणापत्रसहित बालिका सम्मेलन संम्पन्न

२०८० असोज २५, ०८:०२ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा बुधवारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय बालिका सम्मेलन आज बिहीवार सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग र फाया नेपालको व्यवस्थापनमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो। सम्मेलनलमा बालिकाको हक अधिकार तथा उनीहरुमाथि हुने हिंसा न्यूनीकरणका लागि काम गर्ने एवंम् सम्बद्ध पक्षलाई त्यसमा जिम्मेवार बनाउने प्रतिबद्धता समेत गरीएको छ।

बालिकाहरुको समग्र विकासका लागि बालिका विकास रणनीति योजना बनाइ प्रदेश तथा स्थानीय स्तरमा कार्यक्रम सञ्चालन गर्न स्थानीय र प्रदेश सरकार तथा अन्य सम्बद्ध निकायलाई आग्रह गर्ने, सबै तहका सरकारले बालविवाह र हानिकारक अभ्यास अन्त्यका लागि योजना तथा बजेट व्यवस्थापन गर्नुपर्ने, प्रदेशमा उच्च रुपमा विद्यमान रहेका हानिकारक आभ्यासहरु जस्तै वालविवाह, छाउपडीको निवारणका लागि एकीकृत प्रयास मार्फत संवोधन गर्न पनि आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस