सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नेकपाका जिल्ला अध्यक्ष र सचिवद्धारा सपथ ग्रहण, तीन जना अनुपस्थित

२०७६ वैशाख १५, ०३:५२ खबर संवाददाता

सुदूरपश्चिममा नेकपाका जिल्ला अध्यक्ष र सचिवले सपथ ग्रहण गरेका छन्। नेकपाको प्रदेश कार्यालय धनगढीमा आयोजना गरिएको एक कार्यक्रमकाबिच जिल्ला अध्यक्ष र सचिवले सपथ ग्रहण गरेका हुन्। नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले उनीहरुलाई सपथ खुवाएका हुन्। तर सपथ ग्रहण कार्यक्रममा तीन जिल्लाका सचिव भने उपस्थित भएनन्। डडेल्धुराका सचिव तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह सपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहेका हुन्। तत्कालीन एमालेबाट जिल्ला सचिवको जिम्मेवारी पाएका उनीहरु पार्टीको निर्णयप्रती असन्तुष्टि जनाईरहेका थिए। 
 

कमेन्ट लोड गर्नुस