सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेविसंघको साइबर अपराध विरुद्ध प्रशिक्षण

२०८० असोज २३, ०५:०७

धनगढी: नेपाल विद्यार्थी संघ धनगढी उपमहानगरपालिका समितिले विद्यार्थीहरुलाई साइबर अपराध विरुद्ध प्रशिक्षण दिएको छ। नेवि संघले आज (मंगलबार) धनगढी- १९ को फूलबारी माध्यमिक विद्यालयका विद्यार्थीलाई साइबर अपराध विरुद्ध प्रशिक्षण दिइएको हो।

साइबर स्क्याम र साइबर अपराधमा विद्यालय उमेरका किशोर-किशोरीको संलग्नता बढिरहेकाले प्रशिक्षण दिइएको नेवि संघ धनगढी उपमहानगरका सभापति दिपेश बोहराले बताए। उनले धनगढीसहितका विभिन्न क्षेत्रमा मोबाइल फोनबाट ठगी हुने, ह्याकिङ र ब्ल्याकमेलिङजस्ता घटना बढिरहेकाले सामाजिक सञ्जालको प्रयोगमा युवा पुस्ता सचेत रहोस् भनेर प्रशिक्षण दिइएको बताए।

फूलबारी माध्यमिक विद्यालयमा दिइएको उक्त प्रशिक्षणमा कक्षा ११ र १२ का डेढ सय विद्यार्थी सहभागी थिए। नेविसंघ धनगढीले आफ्नै लगानीमा आयोजना गरेको प्रशिक्षण दिने काम आइटी इन्जिनियर रोशन श्रेष्ठ गरेका हुन्।

कमेन्ट लोड गर्नुस