सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलमा ज्यान गुमाएका १० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा

२०८० असोज २२, ०९:४५ खबर संवाददाता

काठमाडौँः  इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मंगलवार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो।

मंगलवार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले बताइन्। मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन्।
 

कमेन्ट लोड गर्नुस