सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते 

२०८० असोज २२, ०९:२६ खबर संवाददाता

बैतडीः बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका–६ को हिरापुर नजिकै सोमवार जिपले मोटरसाइकललाई ठक्कर दिएको हो।

खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ गइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ आइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको हो। जिपको ठक्करले मोटरसाइकल भीरमा खसेको छ।

मोटरसाइकल चालक कृष्ण पाण्डेय र मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका नरेन्द्रबहादुर चन्द घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपश्चात डिस्चार्ज भइसकेको छ। 
 

कमेन्ट लोड गर्नुस