सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तरुण दलको प्रर्दशन : वालुवाटार जग्गा देखि वाइडवडी प्रकरणमा संलग्नलाई कारवाहीको माग

२०७६ वैशाख १५, ०१:४३ खबर संवाददाता

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विभिन्न भ्रष्टाचार काण्डमा संलग्नलाई कारवाहीको माग गरेको छ। तरुण दलले निर्मला हत्या देखि वाईडवडी खरिद, वालुवाटारको जग्गा खरिद प्रकरणमा संलग्नलाई कारवाहीको माग गरेको छ। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाउँदै कारवाहीको माग गरिएको हो। ६ बुँदे ज्ञापन पत्रमा कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या भएको १० महिना सम्म दोषीको पहिचान गरी कारवाही नभएको घटनाप्रती गम्भीर ध्यानाकर्षण न्याय दिन माग गरिएको छ।
यस्तै सरकारले गर्ने भ्रष्टाचारका कारण समस्या भोग्नु् परेको भन्दै राष्ट्रलाई शुन्य भ्रष्टाचारमा ल्याएर जनताको दैनिक जीवनलाई सरल र सहज बनाउन, वाईडवडी जहाजमा भएको अबौँको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको छ भने एनसेलबाट राज्यले पाउनुपनेृ ७० अर्ब भन्दा बढिको राजस्व तुरुन्त असुल उपर गर्न  र वालुवाटारको सार्वजनिक जग्गा खरिद प्रकरणमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायतका व्यक्तिलाई कारवाहीको माग समेत गरिएको छ।

 

कमेन्ट लोड गर्नुस