सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बस दुर्घटना हुँदा २० जना नेपाली घाइते

२०८० असोज २२, ०४:४९ खबर संवाददाता

काठमाडौँः  भारतको ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस दुर्घटना भएको छ। आइतबार एउटा ट्रकसँग बस ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन्। दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

६१ जना यात्रु सवार बस राष्ट्रिय राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको सोरो प्रहरी कार्यालयले जानकारी दिएको छ। यात्रुवाहक बस कोलकत्ताबाट पुरी जाँदै थियो। बालासोरका सादर सब–डिभिजनल प्रहरी अफिसर शशांक शेखर बेउराका अनुसार ढाबामा रोकिराखेको ट्रकमा उक्त बस बिहान करिब ५ बजे ठोक्किएको थियो।

घाइते सबैलाई सोरो अस्पताल लगिएको थियो। सबै नेपाली तिथार्लु उपचारपछि डिस्चार्ज भइसकेको बेउराले बताए। बस ड्राइभरको भने अवस्था चिन्ताजनक रहेको बताइएको छ। –साभारः रातोपाटी
 

कमेन्ट लोड गर्नुस