सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबी बैंक र ग्रास ट्रेडिङबीच सम्झौता

२०८० असोज २२, १०:२६ खबर संवाददाता

धनगढीः एनएमबी बैंक र ग्रास ट्रेडिङबीच सम्झौता भएको छ।

एनएमबी बैंक लिमिटेड धनगढी चौराहा शाखा र ग्रास ट्रेडिङ कन्सन्ससँग अटो लोन फाइनान्समा विशेष सम्झौता भएको हो। सम्झौता अनुसार ग्रास ट्रेडिङ कन्सन्सले एनएमबी बैंक लिमिटेडबाट अटो लोन फाइनान्स गर्दा निसान भेचिलको खरिदमा ३ लाखसम्म छुट दिने छ।

उक्त छुटको व्यवस्था तीन महिना अवधिको लागि मान्य हुने बताइएको छ। सम्झौतामा एनएमबि बैंक धनगढी चौराहाका शाखा प्रबन्धक गोकर्ण बहादुर कार्की र ग्रास ट्रेडिङ सरोकारका प्रबन्ध निर्देशक अशोक पाण्डेबीच हस्ताक्षर भएको हो।
 

कमेन्ट लोड गर्नुस