सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका तीनसहित १० सरकारी गाडी ट्राफिकको फन्दामा

२०८० असोज २०, ०५:५१ खबर संवाददाता

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले १० सरकारी गाडी नियन्त्रणमा लिएको छ। अनुमति बिना शनिवार पनि सञ्चालनमा रहेका १० गाडी ट्राफिक प्रहरीको फन्दामा परेका हुन्।

धनगढी उपमहानगरपालिकाका तीनसहित प्रदेशका विभिन्न कार्यालयका सरकारी गाडीहरु शनिवार पनि चलाएको भन्दै नियन्त्रणमा लिइएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको से १ ब १२०८, सुदूरपश्चिम प्रदेश ०१–००१ ब १३३७ र सुदूरपश्चिम प्रदेश ०१–००१ ब १४९० नम्बरको गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको से १ ब ८१४, कैलारी गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१–००१ ब १४३१ नम्बरको गाडी, पशुराम नगरपालिका वडा नम्बर १० को बा २ ब ८१८९ नम्बरको मोटरसाइकल, सहरी विकास कार्यालय, धनगढीको म १ ब ३७८ नम्बरको गाडी, मालपोत कार्यालय, बेलौरीको सुदूरपश्चिम प्रदेश ०१–००१ ब २२५७ को सवारी साधन, जिल्ला खानेपानी कार्यालय, अछामको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३८३ र डिभिजन वन कार्यालय, पहलमानपुरको बा १ झ ४५५७ नम्बरको गाडी ट्राफिकले नियन्त्रणमा लिएको हो।

सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको कैलालीमा दुरुपयोग बढ्दै गएको छ। जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका हुन्। विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन्। 


 

कमेन्ट लोड गर्नुस