कैलाली–१ मा रास्वपाका ज्ञवालीको २७४ मतले अग्रता
धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवालीको अग्रता कायम रहेको छ। आठ हजार एक सय २१ मत गणना हुँदा ज्ञवालीले २ एक हजार ५६ मत पाएकी हुन।
नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीको एक हजार सात सय ८२ मत रहेको छ। स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारूको एक हजार चार सय २७ मत रहेको छ। नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेको आठ सय १३ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारूको पाँच सय ८४ मत रहेको छ। आठ हजार एक सय २१ मत गणना गर्दा छ सय ६४ मत बदर भएका छन्।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख आठ हजार चार सय ९१ मतदाता रहेका छन्।