सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्राफिक प्रहरी र चालक घाइते

२०८० असोज १९, १२:३५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक ट्राफिक प्रहरी र चालक घाइते भएका छन्।

सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको छ। बिहीबार साँझ धनगढी चौराहमा सवारी चेकिङ र मापसे परीक्षण गर्ने क्रममा तीब्र गतिमा आएको मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट ट्राफिक प्रहरी जवान अशोक सिंह गम्भीर घाइते भएका छन्।

उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–४ का २६ वर्षीय सुसान्त बिष्ट पनि घाइते भएपछि उनको पनि माया मेट्रो अस्पतालकै आइसियूमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस