सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत जाने क्रममा बैतडीका एक महिला सहित तीन जना वेपत्ता

२०७६ वैशाख १५, ०७:१९ खबर संवाददाता

महेन्द्रनगरबाट भारत जाने क्रममा बैतडीका एक महिला सहित तीन जना बेपत्ता भएका छन्। महेन्द्रनगरबाट भारत गईरहेका मेलौली नगरपालिकमा वडा नम्बर २ वस्ने रमेश बहादुर चन्दकी श्रीमती पार्वती चन्द उनका छोरा हिमाल चन्द र छोरी पुजा चन्द गरि तीनै जना वेपत्ता भएका हुन्।  
रोजगारीको सिलसिलामा भारतको व्याङलोरमा बस्दै आएका उनी नयाँ बर्ष मनाउन परिवार सहित घर आएका थिए। नयाँ बर्ष मनाएर गत शुक्रबार महेन्द्रनगरबाट भारत जाने क्रममा सम्पर्क विहीन भएको उनको परीवार स्रोतले जनाएको छ। 

कमेन्ट लोड गर्नुस