सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शैलेश्वरी स्पोर्ट क्लव गठन, अध्यक्षमा भट्ट

२०७६ वैशाख १४, ०६:१९ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा शैलेश्वरी स्पोर्ट क्लव गठन गरिएको छ। विविध सामााजिक कार्य र खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न सो क्लव गठन गरिएको हो। युवा नेता घनश्याम भट्टको अध्यक्षतामा गठन भएको उक्त क्लवमा गिता सोडारी, सोनु भट्टराई, दिनेश बहादुर सिंह र राजन रोकाया उपाध्यक्ष रहेका छन।

रक्षा महरा महासचीव, भीम भट्ट, मनोज राइ, हेमन्त मल्ल सचिव छन। यस्तै कोषध्यक्षमा शिवराज गुरुङ छन भने अन्य ११ जना सदस्यमा नरेस वहादुर सिंह, हरिकृष्ण ओझा, योगेन्द्र वम, आशीष वम, नारायण उपाध्याय, रक्षा बम, जनकराज जोशी, सुधा थापा, विन्दु चौधरी, बिराज बोगटी र जनक खडायत रहेका छन्। 

कमेन्ट लोड गर्नुस