विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दैछ। बैठक बिहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक बोलाएका हुन्। बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए। बझाङ केन्द्रबिन्दु भएर मंगलबार अपराह्न २ बजेर ४० मिनेटमा ५.३ र ३ बनेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। सर्वसाधारणका घर, विद्यालयलगायत भौतिक संरचनामा क्षति पुगेको छ।

