सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको पञ्चदेवलका कर्मचारीले गरे हातमा कालोपट्टि बाँधेर प्रदर्शन

२०८० असोज १७, ०३:२५ खबर संवाददाता

अछामः अछामको पञ्चदेवल विनायक नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन। सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन सुरू गरेका हुन्। 

स्थानीय तह कर्मचारी हक हित सङ्घर्ष केन्द्रीय समितिको कार्यक्रममा ऐक्यबद्धता जनाउदै पञ्चदेवल विनायक नगरपालिकामा कार्यरत कर्मचारीहरूले हातमा कालोपट्टि बाँधेर सेवा प्रवाह गरेका छन्।

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकिृत निजामती सेवा ऐन जारी गर्नुपर्र्ने, निजामति सेवा भित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने,समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग सहित स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

आफ्ना मागहरू सम्बोधन नभएमा क्रमशः आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाँउदै लैजाने  पञ्चदेवल विनायक नगरपालिका प्रशासन शाखा प्रमुख  खेम ढकालले बताए। आफ्ना मागहरू पुरा नभए सम्म १९ गतेबाट अनिश्चितकालीन पेन डाउन लगाएत कार्यालयको नियमित कामकाजमा सरिक नहुने, केन्द्रिय समितिको निर्णय अनुसारका आन्दोलनका कार्यलाई सफल पार्न चरण बढ्द आन्दोलनका कार्यक्रम अगाडि बढाउने पनि ढकालले जानकारी दिए।

कमेन्ट लोड गर्नुस