एसपीएका चार विद्यार्थीले पाए बैंकक र कतारका पाँच तारे होटलमा पेड इन्टर्नसिप
धनगढीः एसपीए कलेजमा बीएचएम अध्ययनरत् चार विद्यार्थीहरुले थाइल्याण्डको बैंकक र कतारको दोहाका पाँच तारे होटेलहरुमा पेड इन्टर्नसिपको अवसर पारेका छन्।
बीएचएम दोस्रो ब्याचका विद्यार्थीहरु दीपक सोडारी र ताराबहादुर थारुले बैंककस्थित मर्कुयर होटल, विनोद चौधरीले द क्वार्टा राउमुर्दी र विवेक शाहीले दोहाको लो रोयर मेरिडेन होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन्।
पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने एसपीएको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गरिदिन लागिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए।
‘हामीले एसपीएका विधार्थीलाई ग्लोबल सिटिजन्सको रुपमा अध्ययन अध्यापन गराइरहेका छौं। संस्कार र अनुशासनयुक्त सँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाएकै कारण उनीहरु विश्वका विभिन्न कुनामा पुग्न सफल भएका छन्। नयाँ इन्टर्नसिपको अवसर पाउँदै सुनौलो भविष्य स्थापना गर्न सफल विध्यार्थीहरुलाईं हार्दिक बधाईं ज्ञापन गर्न चाहान्छु’ पाध्यायले भने।
एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले इन्टर्नसिपका लागि छनौट भएका विद्यार्थीलाई बधाई दिँदै विकसित देशको पाँचतारे होटलमा काम गर्ने अवसर पाउनु निकै ठूलो उपलब्धिका साथसाथै भविष्य सुनिश्चित आधार भएको बताए। त्रिवि अन्तर्गतको बीएचएम अध्ययन हुने एसपीए एकमात्रै कलेज हो।