सुदूर नेपाललाई विश्वसँग जोड्दै

गएराति बझाङमा चारपटक भूकम्पको धक्का 

२०८० असोज १७, ०८:१० खबर संवाददाता

बझाङः बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो।

केन्द्रका अनुसार गएराति १२:१६ बजे ४.१ रेक्टर स्केलको, १२:५० मा ४.३ रेक्टर स्केलको, बिहान ४ः२७ बजे ४.३ रेक्टर स्केलको र ५:४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

मंगलबार दिउँसोपनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३, ५.१, ४.१, ४.१, ४.३, ५ र ५ रेक्टर स्केलका गरि ८ पटक गएको केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यहाँ १२ वटा पराकम्पन गएका थिए। 

भूकम्पको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो। प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

कमेन्ट लोड गर्नुस